बढुवा पद र खुला तर्फ गरेर करीब करीब १३ हजारको संख्यामा रिक्त दरबन्दि विवरण आएको उनले बताए । त्यस मध्ये करिब करिब १ हजार भन्दा बढी बढुवा पद रहेको र बाँकी संख्या खुलातर्फ रहेको निर्देशक कोइरालाले जानकारी दिए ।
त्यसैगरी, शिक्षक सेवा आयोगको अध्यक्ष लगायतका पदाधिकारी मन्त्रिपरिषद्बाट सिफारीस भएर आएपछि उहाँहरुको निर्देशन अनुसार शिक्षक सेवा आयोगले विज्ञापन खोल्ने तयारीमा रहेको शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।
मरहठ्ठाले प्रशासनिक रुपमा सचिवालय टिम शिक्षक सेवा आयोगको पदपूर्ति विज्ञापन गर्न तयारी अवस्थामा रहेको बताए । त्यसमध्ये रिक्त दरबन्दी विवरण र शिक्षक सेवा आयोगले तयार गरेको पाठ्यक्रहरुसँग मिलेको दरबन्दीको छिट्टै खुल्ने सम्भावना रहेको र रिक्त दरबन्दी विवरण अनुसार शिक्षक सेवा आयोगले तयार पारेको पाठ्यक्रमसँग नमिलेको दरबन्दीको केही समय लाग्ने उनले जानकारी दिएका छन्
चौतर्फी बिरोध र कोरोना सङ्क्रमणको जोखिम बढेकाले यस वर्षको एसईई परीक्षा सार्ने तयारी गरिएको हो ।
स्रोतका अनुसार सरकारले परिक्षा सार्नेबारे आवस्यक छलफल गरिरहेको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि एसईई परीक्षा स्थगित गरेर अर्को मितिमा गर्नेबारे सरकारले नयाँ निर्णय लिने बताएका छन् ।
उनले कोरोना भाइरसको जोखिमका कारण एसईई परीक्षा सर्नसक्ने जानकारी राष्ट्रियसभामा आइतबार गराएका हुन्।
राष्ट्रिय सभामा स्वास्थ्यमन्त्री ढकालले भने, ‘दुईतीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउने/नबनाउने कुरा टुंगो लाग्छ।’
सेट १काे लागि तलकाे लिङ्कमा छुनुहाेस
Click hereसेट २काे लागि तलकाे लिङ्कमा छुनुहाेस
Click hereकाठमाडौं । शिक्षक सेवा आयोगले आयोगबाट सञ्चालन गरिने सबै प्रकारका परीक्षाहरुका लागि नयाँ परीक्षा सञ्चालन निर्देशिका सार्वजनिक गरेको छ ।
शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित), २०५७ को नियम ५४ अनुसार शिक्षक सेवा आयोगले सञ्चालन गर्ने विभिन्न परीक्षा सञ्चालनका लागि यो निर्देशिका २०७६ जारी गरिएकाे छ ।
हेर्नुहोस्, परीक्षा सञ्चालन निर्देशिका:
काठमाडौं
। शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) अङ्ग्रेजी
विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको
परीक्षा लिएको थियो ।
आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक
तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गर्न सुरु गरेको थियो । यसअघि नतिजा
सार्वजनिक भएका विषयहरु इलेक्ट्रिकल इञ्जिनियरिङ सिभिल इञ्जिनियरिङ,
कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन र कम्प्युटर
विज्ञान, विज्ञान, सामाजिक, गणित विषयको नतिजा सार्वजनिक गरेको थियो ।
हेर्नुहोस् नतिजा
आयोगले गत मंगलबार साझदेखि लाइसेन्सको परीक्षाफल प्रकाशन शुरू गरेको हो । आयोगले हालसम्म माध्यामिक तहको १३ वटा विषयको नतिजा सार्वजनिक गरिसकेको छ । उक्त १३ वटा विषयको नतिजालाई हेर्दा शिक्षक लाइसेन्सको नतिजा खस्किदै गएको देखिन्छ । आयोगले ईलेक्ट्रिकल इञ्जिनीयरिङ, सिभिल इञ्जिनीयरिङ, पशु विज्ञान, बाली विज्ञान, कानून, कम्प्युटर ईञ्जिनीयरिङ, कम्प्युटर विज्ञान , कार्यालय संञ्चालन तथा लेखा विज्ञान नेपाली, गणित सकमाजिक विषयको नतिजा प्रकाशन गरेको गरिकेको छ भने ।
यी १३ वटा विषयको ४४१९१ दिएका थिए । जसमा ६७७६मात्रै पास भएका छन् । १३ वटा विषको नतिजा हेर्दा समग्रमा लाइसेन्स परिक्षामा जम्मा १५.३ प्रतिशत परिक्षार्थीहरु मात्रै उत्तीर्ण भएका छन् । पास भएकाहरूले सम्बन्धित प्रदेशस्थित शिक्षा विकास निर्देशनालयमार्फत अध्यापन अनुपति पत्र प्राप्त गर्नेछन् ।
प्रकाशित भएको नतिजा अनुसार परीक्षार्थीको अवस्था निकै कमजोर देखिएको छ । वस्तुगततर्फ राम्रै देखिए पनि लिखितमा एकदम कमजोर रहेको आयोग स्रोतको भनाइ रहेको छ । यसैकारण शिक्षा संकायकाे जनशक्ति कमजाेर रहेकाेले अन्य संकायकाे विद्यार्थीले पनि लाइसेन्समा प्रवेश पाउनुपर्ने आवाज उठ्न थालेकाे भएता पनि नतिजा कमजाेर आउनुमा विद्यर्थीकाे मात्र कमजाेरी नभइ आयाेगले हचुवामा निकालेकाे पाठ्यक्रम तथा नेगेटिभ मार्क काे कारण ५० अंकले समेतले पास हुन नसक्ने व्यवस्था समेत मूख्य कारण कारणकाे रूपमा लिन सकिन्छ । केहि दिन अगाडी प्रकाशित सामान्य परिक्षाकाे पाठ्यक्रम पनि व्यवहारिक भन्दापनि प्रतिशपर्धीलाइ पाखा लगाइने खालकाे भएकाेले आयाेगले लिने शिक्षककाे परिक्षा याे भन्दा अझ कमजाेर नतिजा आउने निश्चित छ । गाणित ,नेपाली र अंग्रेजीकाे पाठ्यक्रम हेर्दा विषयगत पाठ्यक्रम भने व्यवहारिक रूपमा राम्राे रहेकाे विज्ञहरू बताउँछन ।
नेपाली पाठ्यक्रम
गणित पाठ्यक्रम
अंग्रेजी पाठ्यक्रम
आयोगले एक सूचनाा निकाल्दै, साेमबार साझ माध्यमिक तहको सामाजिक रगणित विषयको नतिजा सार्वजनिक गरेको हो । परिक्षामा सहभागी मध्ये एकदमै कम मात्रमा पास भएका छन भने धेरै जनाकाे परिक्षा रद्द भएकाे छ ।यस अघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग, सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन, कम्प्युटर विज्ञान , कार्यलय सञ्चालन लेखा , विज्ञान र नेपली विषयको गरि १० विषयको नतिजा सार्वजनिक गरि सकेको छ । निम्न माध्यमिक तहकाे नतिजा माध्यमिकको सकिंदा लगत्तै प्रकाशन गर्ने आयोगले जनाएकाे छ । समग्रमा माध्यमिक तहकाे नतिजा एकदमै कमजाेर देखिएकाे छ ।
हेर्नुहोस नतिजा:
गणित:
समाजिक
समाजिक:
आयोगले एक सूचनाा निकाल्दै, आईतबार साझ माध्यमिक तहको नोपली विषयको नतिजा सार्वजनिक गरेको हो । यस अघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग, सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन, कम्प्युटर विज्ञान र कार्यलय सञ्चालन लेखा र विज्ञान विषयको गरि ९ विषयको नतिजा सार्वजनिक गरि सकेको छ ।
हेर्नुहोस नतिजा:
भक्तपुर । शिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र ९लाइसेन्स० को थप विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले एक सूचनाा निकाल्दै, अाइतबार साझ माध्यमिक तहको नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो । यस अघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग, सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन, कम्प्युटर विज्ञान विज्ञान र कार्यलय सञ्चालन र लेखा विषयको गरि ८ विषयको नतिजा सार्वजनिक गरि सकेको छ । नामसिहत हेर्न यहाँ िक्लक गर्नुहाेस
https://drive.google.com/open?id=1KkKdCrPdYLIsHNNLmf1m0XMiHy5OQhhv
भक्तपुर । शिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र ९लाइसेन्स० को थप विषयको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले एक सूचनाा निकाल्दै, शुक्रबार साझ माध्यमिक तहको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो । यस अघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग, सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन, कम्प्युटर विज्ञान र कार्यलय सञ्चालन र लेखा विषयको गरि ८ विषयको नतिजा सार्वजनिक गरि सकेको छ ।
हेर्नुहोस् विज्ञान विषयको नतिजा:
जयपृथ्वीबहादुर सिंह (विसं १९३४–१९९७)
बझाङमा विद्यालय आइपुग्नुको पनि कथा छ । जयपृथ्वीले १९६३ सालमा काठमाडौं, नक्सालस्थित आफ्नै दरबारमा सत्यवादी पाठशाला खोलेका थिए । त्यसको हेडमास्टर उनी आफैं थिए । त्यहाँ पढाइ हुने पाठ्यपुस्तक उनले नै लेखेका थिए । त्यतिबेला चारपासेलाई सरकारी सेवा प्रवेश गर्न मान्यता दिइन्थ्यो ।
पछि त्यही सत्यवादी पाठशालालाई तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले बन्द गरिदिने आशंकामा जयपृथ्वीले १९६९ सालमा बझाङको जयपृथ्वीनगरमा सारेका हुन् । त्यो विद्यालयले सालिन्दा एक हजार रुपैयाँ अनुदान राज्यकोषबाट पाउँथ्यो । १९७३ सालमा त्यो विद्यालयलाई बझाङ, भोजपुरको अड्डाघरमा सारियो । त्यति बेला मेरा बुबा त्यहाँको विद्यार्थी हुनुहुन्थ्यो । महिनाको ३५ रुपैयाँ तलब पाउने गरी भारतबाट रामदत्त अवस्थी नामका हेडमास्टर राखिएको थियो रे । उनी निकै राम्रो पढाउँथे तर रिस भने उनको नाकको टुप्पोमै थियो रे । साह्रै रिस उठ्यो भने विद्यार्थीलाई ‘गधा कहीँका’ भनेर गाली गर्थे रे ।
सत्यवादीलाई सरुवा भई आएको विद्यालय पनि भनिन्छ । हाल यसमा जयपृथ्वीबहादुर क्याम्पस खोलिएको छ । यो क्याम्पसमा २०३८ सालदेखि स्नातकसम्म पढाइ भइरहेको छ । दूरदराजमा रहेको बझाङ शिक्षाप्रेमी जयपृथ्वीको शिक्षाप्रतिको लगनकै कारण पहिलादेखि नै शिक्षित भएको हो । त्यसो त उनलाई नेपालकै शिक्षामा पथप्रदर्शक भन्न मिल्छ । देवशमशेरले जयपृथ्वीकै सल्लाहमा नेपालमा विद्यालयहरू विस्तार गरेका थिए ।जयपृथ्वी शिक्षाबाटै समाज परिवर्तन हुन्छ भन्ने मान्यता राख्थे ।
जयपृथ्वीले विभिन्न किसिमका पुस्तक लेखेका थिए जसमा तत्त्वप्रशंसा, पदार्थतत्त्व र मानवतावाद प्रमुख हुन् । उनले आधारभूत शिक्षासम्बन्धी अक्षरमाला, व्यवहारमाला, प्राकृत व्याकरण, शिक्षा दर्पण, स्रेस्ताबोधजस्ता किताब पनि लेखेका छन् । उनले चार दिनभित्रै अक्षरांक भन्ने किताब लेखी तत्कालीन राणा प्रधानमन्त्री देवशमशेरलाई बुझाएका थिए । त्यतिबेला उनले स्यावासी पाएको विष्णुप्रसाद खत्रीद्वारा लिखित किताब ‘बझाङ संक्षेप’ मा उल्लेख छ । तर राणाशासकहरूको दाउपेचका कारण देवशमशेर धपाइए । चन्द्रशमशेर सत्तामा आएपछि स्कुलहरू बन्द हुन थाले ।
जयपृथ्वी १९३४ भदौ ५ गते बझाङमा जन्मिएका हुन् । उनी जंगबहादुर राणाका भान्जा हुन् । उनको बाल्यकालको शिक्षादीक्षा काठमाडौंको थापाथली दरबारमा भएको थियो । उनले म्याट्रिकुलेसनदेखि स्नातकसम्म भारतका कोलकाता र प्रयागमा पढे । उनको विवाह चन्द्रशमशेरकी छोरी खगदिव्यश्वरीसँग १९५१ सालमा भयो । विवाहपश्चात् उनले ससुरालीबाट पश्चिमका छान्नादरा, कुन्नादरा, डिलकोटेली दरा, सटिकादरा बिर्ता पाएका थिए ।
उनी १९४७ सालमा बझाङका राजा भए । उनले राज्यभूमिको बीच, सबैलाई पायक पर्ने ठाउँमा आफ्नो दरबार र राज्य सञ्चालन गर्न अड्डाखाना स्थापना गरे । त्यो ठाउँको नाम जयपृथ्वी नगर राखे ।
उनी चिन्तनशील, अध्ययनशील र सिर्जनशील थिए । उनको स्वभाव सरल र नम्र थियो । धर्ममा उनी निकै विश्वास गर्थे । उनी अध्यात्म विद्यालाई भौतिक विज्ञानबाट खारेर चिन्तन गर्थे । राणाका भान्जा र ज्वाइँ भए पनि उनलाई राणाहरूको रबैया मन पर्दैनथ्यो । उनी प्रजातन्त्र रुचाउँथे । समाजमा परिवर्तन देख्न चाहन्थे । उनले मानवतावादी र सह–अस्तित्वको सिद्धान्त प्रतिपादन गरे । उनी भारतका अहिंसावादी नेता महात्मा गान्धी र रुसका साम्यवादी नेता भीआई लेनिनका दर्शन र सिद्धान्तसँग नजिक थिए ।
जयपृथ्वीले आफ्नो राज्यभित्रको राजपरिवारको जग्गामा समेत जोत्नेको हक कायम गराएका थिए । उनी मानव स्वास्थ्यप्रति सकारात्मक थिए । आफ्नो राज्यभित्रका जनतालाई भारतबाट स्वास्थ्यकर्मी झिकाई स्वास्थ्यसम्बन्धी चेतना जगाउँथे । आफ्नो राज्यलाई उतिबेलै खुला दिसामुक्त बनाउन उनले पहल गरेका थिए । जयपृथ्वीले आफ्नो देशमा हिन्दी र अंग्रेजी भाषाको प्रभाव पर्न लागेको देखेर गाउँघरमा बोलिने खस भाषाको व्याख्या गरी तत्कालीन श्री ३ देवशमशेरबाट यसलाई नेपालको राष्ट्रिय भाषा घोषणा गराएका हुन् ।
जयपृथ्वीले नेपालकै पुरानो पत्रिका गोरखापत्रको संस्थापक र प्रधान सम्पादक भई मुलुकमा जनचेतना जगाए । तत्कालीन श्री ३ चन्द्रशमशेरसँग बेलायत भ्रमणमा जाँदा बेलायती सम्राट् एडबर्डसँग पत्रकार तथा गोरखापत्रका प्रधान सम्पादकको हैसियतले उनले अन्तर्वार्ता लिँदा सम्राट् प्रभावित भएको बताइन्छ । त्यतिबेला राणा परिवारबाहिर कर्णेल पदभन्दा माथिको ठूलो पद दिन नमिल्ने जहानियाँ राणाशासनको नीतिगत व्यवस्था भए पनि जयपृथ्वीलाई सम्राट्ले बेलायतको अनरेरी कर्णेल पदले सम्मान गरेका थिए ।
जयपृथ्वीबहादुर सिंह न्याय र कानुनप्रेमी मात्र थिएनन्, हक्की पनि थिए । उनलाई देवशमशेरले भारदारी अड्डाको प्रमुख भारदार, प्रधानन्यायाधीशमा नियुक्ति दिएका थिए । तप्तबहादुरलाई मारेको मुद्दामा तत्कालीन बडाहाकिम कुमारजंग राणालाई सफाइ दिई जुद्धजंगलाई अपराधी ठहर गर्दा चन्द्रशमशेरले रिसाएर ‘यो पाखे ठकुरीलाई किन न्याय गर्न राखेको ?’ भनेछन् । यो वचन सहन नसकी उनले तुरुन्तै आफ्नो पद त्यागे । यही वचनको ईख लिएर आफ्नो राज्य पनि त्याग गरी उनी १९७३ सालमा प्रवासी बने ।
भारतमा रहँदा उनले बैंग्लोरमा मानवतावादी क्लब खोले । विद्वान् रवीन्द्रनाथ टैगोरजस्ता व्यक्तिहरूसँग सत्संग गरे । अमेरिका, जापान, बेलायतलगायतका देशमा मानवतावादी क्लबका शाखा खोले । मानवतावादको सन्देश बोकेर विश्व भ्रमण गरे । उनी भन्थे, ‘मेरो जात मानव हो । मेरो धर्म मानवता हो । मेरो सिद्धान्त मानवतावाद हो । मेरो अरू कुनै धर्म र जात छैन ।’ यसरी विश्वभ्रातृत्व, शान्ति र सह–अस्तित्वको सन्देश लिएर विश्व भ्रमण गर्ने पहिला नेपाली मानवतावादी जयपृथ्वी नै हुन् ।
तत्कालीन अमेरिकी राष्ट्रपति हर्बट हुवरले विश्व धर्म संघको दोस्रो महासभा आयोजना गर्नका लागि सघाइदिन दुई वर्ष अगाडि नै जयपृथ्वीलाई सिकागोमा निमन्त्रणा गरेका थिए । यो कार्यक्रमको सञ्चालन र व्यवस्थापनको सम्पूर्ण जिम्मा उनले नै लिए । महासभामा १६५ देशका सबै किसिमका धर्मगुरु र राष्ट्र प्रमुखले भाग लिएका थिए । यसै बेला सिकागो रेडियोमा उनले दिएको वक्तव्यले अन्तर्राष्ट्रियजगत्मै ख्याति कमाएको थियो । सन् १९३३ मा भएको यही धर्मसभामा धर्मनिरपेक्षता र सह–अस्तित्वको सिद्धान्त सर्वमान्य हुने गरी प्रतिपादन गरिएको थियो । त्यस बेला जयपृथ्वी संघको कार्यकारिणी उपाध्यक्ष भई विश्वमा मानवतावादी शिक्षा फैलाउन सफल भए ।
यसै विश्व धर्म महासंघको पृष्ठभूमिमा सन् १९४५ मा तत्कालीन अमेरिकी राष्ट्रपति रुजवेल्ट र बेलायतका प्रधानमन्त्री विन्सटन चर्चिलसमेतको अगुवाइमा संयुक्त राष्ट्रसंघ गठन भयो । यसरी जयपृथ्वीले विश्व भ्रातृत्व, सह–अस्तित्व र विश्वशान्तिका लागि अहम् भूमिका खेले ।
इटालीले इथियोपियामाथि आक्रमण गर्दा धेरै ठूलो धनजनको क्षति भयो । त्यसबेला जयपृथ्वी आफ्नो ज्यानको बाजी लगाएर युद्धपीडितको उद्धारमा खटिए । त्यस बेला औषधिमूलो, स्वास्थ्यकर्मी र अन्य व्यवस्थापनमा लागेको खर्च उनले आफैं बेहोरेका थिए । सेवा गर्दागर्दै उनले त्यही युद्धबन्दीसमेत हुनुपर्यो । यसै धपेडीले उनको स्वास्थ्य बिग्रँदै गयो । त्यहाँबाट उनी बैंग्लोर फर्किए । उनको स्वास्थ्यलाभ हुन सकेन । १९९७ असोज १ गते सधैंका लागि आँखा चिम्लिए ।
सत्कर्मका गाथाले भरिएका जयपृथ्वी राष्ट्र्रिय र अन्तर्राष्ट्रियजगत्मा सम्झिइरहनेछन् । उनको मानवतावादी नारा ‘मनो जयति यः जयति ब्रह्माण्ड’ समेत अमर छ
-इ कान्तिपुरबाट साभार
९० प्रतिशत
९५ प्रतिशत
९२ प्रतिशत
१०० प्रतिशत
२)पन्ध्रौ योजनाले योजना अन्त्य सम्ममा युवा साक्षरता कति पुराउने लक्ष लिएको छ ?
९० प्रतिशत
९५ प्रतिशत
९२ प्रतिशत
९९ प्रतिशत
३)पन्ध्रौ योजनाले योजना अन्त्यसम्ममा आधारभुत तहको खुद भर्नादर कति पुराउने लक्ष्य लिएको छ ?
९८.५ प्रतिशत
९९.५ प्रतिशत
९७ प्रतिशत
९९ प्रतिशत
४)पन्ध्रौ योजनाले योजना अन्त्यसम्ममा उच्च शिक्षामा कुल भर्नादर कति पुराउने लक्ष्य लिएको छ ?
१९ प्रतिशत
२० प्रतिशत
२२ प्रतिशत
२८ प्रतिशत
५)पन्ध्रौ योजनाले योजना अन्त्यसम्ममा माध्यमिक तह (९-१२)को खुद भर्नादर कति पुराउने लक्ष्य लिएको छ ?
५९ प्रतिशत
४८ प्रतिशत
५५ प्रतिशत
६५ प्रतिशत
६)पन्ध्रौ योजनाले योजना अन्त्यसम्ममा आधारभुत तहमा महिला शिक्षक कति प्रतिशत पुराउने लक्ष्य लिएको छ ?
५०प्रतिशत
४८ प्रतिशत
५५ प्रतिशत
६५ प्रतिशत
७)पन्ध्रौ योजनाले शिक्षा सम्बन्धि कतिवटा रणनिति लिएको छ ?
१० १२ १४ १६
८)पन्ध्रौ योजनाका शिक्षासम्बन्धि उद्धेश्य कति रहेका छन ?
४ ५ ६ ७
९)पन्ध्रौ योजनाका शिक्षासम्बन्धि लक्ष्य कति रहेका छन ?
४ १ २ ३
१०) “सामाजिक आर्थिक रूपान्तरणका निम्ति मानव संसाधनको विकास” पन्ध्रौ योजनाको के हो ?
सोच लक्ष्य उद्धेश्य रणनिति
११) “गुणस्तरिय शिक्षामार्फत सिर्जनशिल, दक्ष, प्रतिशपर्धि उत्पादनशील र नव प्रवर्तनशील नागरिक तयार पार्नु ” पन्ध्रौ योजनाको के हो ?
सोच लक्ष्य उद्धेश्य रणनिति
१२) “सबै नागरिकका निम्ति जीवनपर्यन्त शिक्षाको अवसर शुनिश्चित गर्नु” पन्ध्रौ योजनाको के हो ?
सोच लक्ष्य उद्धेश्य रणनिति
१३) “प्रारम्भिक बालविकास तथा शिक्षा कार्यक्रमलाई विद्यालय शिक्षाको अभिन्न अंगको रूपमा विकाश गरी यसलाई सबै बालबालिकाको लागि अनिवार्य गर्नु ” पन्ध्रौ योजनाको के हो ?
सोच लक्ष्य उद्धेश्य रणनिति
१४) पन्ध्रौ योजनाले योजना अन्त्यसम्ममा मतृभाषामा पठनपाठन हुने विद्यालय वृद्धि कति प्रतिशत पुराउने लक्ष्य लिएको छ ?
१९ प्रतिशत
२० प्रतिशत
२२ प्रतिशत
२८ प्रतिशत
१५) पन्ध्रौ योजनाले तलको कसलाई निःशुल्क र अनिबार्य गराउने उद्धेश्य लिएको छ ?
आधारभूत शिक्षा
माध्यमिक शिक्षा
प्राथमिक शिक्षा
उच्च शिक्षा
१६) पन्ध्रौ योजनाले प्राविधिक तथा व्यवसायिक सिप विकासमा————-पहुच विस्तार गर्ने उद्धेश्य लिएको छ?
समतामुलक
समावेशी
समतामुलक र समावेशी
सहभागितामुलक
१७) “विद्यालय शिक्षामा गुणस्तर मापदण्ड र प्रत्ययन प्रणाली विकाश गरी समान णूणस्तर कायम गर्ने ” पन्ध्रौ योजनाको के हो ?
सोच लक्ष्य उद्धेश्य रणनिति
१८) पन्ध्रौ योजनाको शिक्षासम्बन्धि उद्धेश्यमा तलको मध्ये कुन कुरा समेटिएको छैन ?
संघिय संरचना अनुसर सबै तहमा सुशासन
ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माण
सिप विकासमा समावेशी र समतामुलक पहुँच
अन्तराष्ट्रिय स्तरमा प्रतिसपर्धी मानव संसाधन
१९) पन्ध्रौ योजनाले माध्यमिक शिक्षामा अध्ययन गर्ने मध्ये प्राविधिक धार तर्फ अध्ययन गर्ने विध्यार्थी कति पुराउने लक्ष्य लिएको छ ?
१५ प्रतिशत
२० प्रतिशत
३० प्रतिशत
४०प्रतिशत
२०) पन्ध्रौ योजनाले काम गर्ने उमेर समुहमा प्राविधिक तथा व्यवसायिक क्षेत्रमा तालिम प्राप्त जनसंदख्या कति पुराउने लक्ष्य लिएको छ ?
५५ प्रतिशत
६० प्रतिशत
५० प्रतिशत
४०प्रतिशत
२१) आर्थक वर्ष २०७६/०७७ मा शिक्षामम राष्ट्रिय बजेटको कति प्रतिशत छुट्टाइएको छ ?
१०.६८ ११.४ १२.४५ १३.५
१. सर्वाङ्गीण विकासका क्रियाकलापमा संलग्नता
२. पोषणयुक्त खाना र स्वस्थकर बानी विकास
३. वैयक्तिक सुरक्षाका उपायहरू अवलम्बन
४. सरसफाइ र सामाजिक बानी व्यवहारको अवलम्बन
५. सिर्जनात्मक सोचको विकास
६. भाषिक तथा सञ्चार सिपको विकास
आधारभूत शिक्षा (कक्षा १-८) का सक्षमता हरू |
१. देशप्रेम र राष्ट्रिय एकताको भावनाबाट ओतप्रोत एवम् लोकतान्त्रिक मूल्य, मान्यता र संस्कारको विकास व्यवहारमा प्रदर्शन
२. भाषिक तथा सञ्चार सिपको विकास र व्यावहारिक, सिर्जनात्मक एवम् सान्दर्भिक प्रयोग
३. सूचना र विचारहरूको आदानप्रदान, विश्लेषण तथा सूचना प्रविधिको समुचित प्रयोग
४. तार्किक तथा व्यावहारिक गणितीय ज्ञान, सिप एवम अभिवृत्ति विकास र प्रयोग
५. वै१ानिक अवधारणा, तथ्य, सिद्धान्त र नियमप्रतिको जिज्ञासा एवम् बोध र व्यावहारिक जीवनमा प्रयोग
६. मानवमूल्य र मान्यता एवम् सामाजिक गुणको विकास तथा नागरिक कर्तव्यप्रति सजग
७. जनसङ्ख्या, वातावरण संरक्षण र दिगो विकासबिचको अन्तरसम्बन्धको बोध र व्यवस्थापनमा सहयोग
८. शारीरिक तन्दुरुस्ती, स्वस्थकर जीवनशैली र जीवनोपयोगी सिप को विकास
९. स्थानीय, आधुनिक पेसा, व्यवसाय र प्रविधि एवम् श्रमप्रति सम्मान तथा व्यवहारकुशल सिप
को प्रयोग
१०. नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा संवर्धन एवम् सिर्जनशीलताको विकास र प्रयोग
११. राष्ट्रिय तथा अन्तर्राष्६ि«य परिवेशसँग परिचित भई विविधता, विश्वबन्धुत्व र सहअस्तित्व बोध तथास्वीकार
१२. दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्याहरूको पहिचान, विश्लेषण तथा समाधान
आधारभूत शिक्षा (कक्षा १–३) का सक्षमताहरू |
१. आधारभूत भाषिक तथा सञ्चार सिपको विकास र प्रयोग
२. आधारभूत गणितीय अवधारणा र सिपको विकास र प्रयोग
३. अनुशासन, सदाचार र स्वावलम्बन जस्ता सामाजिक एवम् चारित्रिक गुणको विकास
४. विज्ञान, वातावरण सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञानको विकास
५. शारीरिक तन्दुरुस्ती, स्वस्थकर बानी र जीवनोपयोगी सिप को विकास
६. कला तथा सौन्दर्यप्रति अभिरुचि र सिर्जनात्मकताको विकास
७. आफ्नो परिवेशसँग परिचित भई विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति, क्षेत्रप्रति सम्मान र समभावको विकास
आधारभूत शिक्षा (कक्षा ४–५) का सक्षमताहरू |
१. देशपे्रमको भावना एवम् लोकतान्त्रिक मूल्य मान्यता र संस्कारको विकास
२. आधारभूत भाषिक तथा सञ्चार सिपको विकास र व्यावहारिक प्रयोग
३. आधारभूत ग०िातीय अवधारणा र सिपको विकास र प्रयोग
४. नैतिकता, अनुशासन, सदाचार र स्वावलम्बन जस्ता सामाजिक मूल्य मान्यता एवम् चारित्रिक गुणको विकास
५. वि१ान, वातावरण, सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञान र सिपको विकास
६. शारीरिक तन्दुरुस्ती, स्वस्थकर बानी, सरसफाइ र जीवनोपयोगी सिप ढीषभ कपष्किण् तथा व्यवहारकुशलसिप को विकास
७. कला तथा सौन्दर्यप्रति अभिरुचि, सिर्जनात्मक र समालोचनात्मक सिपको विकास
८. आफ्नो परिवेशसँग परिचित भई विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति, क्षेत्रप्रति सम्मान र समभावको
आधारभूत शिक्षा (कक्षा ६–८) सक्षमताहरू |
१. देशप्रेम एवम् राष्ट्रिय एकताको भावनाको विकास
२. लोकतान्त्रिक मूल्य मान्यता र संस्कारको विकास र विविधताप्रति सम्मान
३. भाषिक तथा सञ्चार सिपको विकास र व्यावहारिक, सिर्जनात्मक एवम् सान्दर्भिक प्रयोग
४. सूचना र विचारहरूको आदानप्रदान, विश्लेष०ा तथा सूचना प्रविधिको समुचित प्रयोग
५. तार्किक तथा व्यावहारिक गणितीय ज्ञान, सिप र अभिवृत्तिको विकास र प्रयोग
६. वैज्ञानिक अवधारणा, तथ्य, सिद्धान्त र नियमप्रतिको जिज्ञासा एवम् बोध र व्यावहारिक जीवनमा प्रयोग
७. नैतिकता, अनुशासन, सदाचार, स्वावलम्बन जस्ता सामाजिक र मानवमूल्य, मान्यता एवम् चारित्रिक र नागरिक गुणको विकास
८. जनसङ्ख्या, वातावरण संरक्षण र दिगो विकासबिचको अन्तरसम्बन्धको बोध एवम् व्यवस्थापनमा सहयोग
९. शारीरिक तन्दुरुस्ती, स्वस्थकर जीवनशैली र जीवनोपयोगी सिप ढीषभ कपष्ििकण् विकास
१०. स्थानीय र आधुनिक पेसा, व्यवसाय र प्रविधि र श्रमप्रति सम्मान तथा व्यवहारकुशल सिप
को प्रयोग
११. नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा संवर्धन एवम् सिर्जनशीलताको प्रयोग
१२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक तथा भौगोलिक परिवेशसँग परिचत भई विविधता, सद्भाव र सहअस्तित्व बोध तथा स्वीकार
१३. दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्याहरूको पहिचान, विश्लेषण तथा समाधान
१. मानवीय मूल्य, मान्यता र लोकतान्त्रिक संस्कार अवलम्बन गर्दै राष्ट्र र राष्ट्रियताको प्रवर्धनका लागिसचेत नागरिकको जिम्मेवारी वहन
२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसँग परिचित भई विविधता, सद्भाव र सहअस्तित्वलाई आत्मसात् गर्दैसभ्य, सुसंस्कृत र समतामूलक समाज निर्मा०ाका लागि भूमिका निर्वाह
३. दैनिक व्रिmयाकलापका साथै प्राज्ञिक क्षेत्रमा आत्मविश्वासका साथ उपयुक्त, सिर्जनात्मक र सान्दर्भिकरूपमा भाषिक सिपको प्रयोग
४. प्रभावकारी सिकाइ, रचनात्मक र विश्लेषणात्मक सोच तथा सामाजिक सम्पर्क र सञ्चारबाद्ध
विचारहरूको आदान प्रदान
५. व्यक्तिगत विकास र आवश्यकताको परिपूर्तिका लागि सिकाइप्रति सकारात्मक सोचको विकास तथास्वअध्ययन एवम् ज्ञान र सिपको खोजी गर्ने बानीको विकास
६. गणितीय समस्या समाधानमा गणितीय अवधारणा, सिद्धान्त तथा तार्किक सिपको प्रयोग
७. व्यावहारिक गणितीय ज्ञान र सिपको बोध र प्रयोग
८. वैज्ञानिक ज्ञान, तथ्य, सिद्वान्त र प्रविधिको समुचित प्रयोग
९. जीवनजगत् र व्यवहारसँगको तादात्म्य बोध गरी जीवनोपयोगी को प्रयोग गर्दै
समाजसापेक्ष व्यवहार प्रदर्शन
१०. स्वास्थ्यप्रतिको सचेततासहित वातावर र संवर्धन तथा जनसङ्ख्या व्यवस्थापनमा सक्रिय सहभागिता
११. प्राकृतिक तथा सामाजिक घटनाको विश्लेषण, तिनको कारण र असर बोध तथा सकारात्मक व्यवहार प्रदर्शन १२. वै१ानिक खोज तथा अनुसन्धान गर्न आवश्यक प्रव्रिmयागत सिपहरू हासिल गरी आधुनिक प्रविधिहरूको दैनिक जीवनमा प्रयोग
१३. श्रमप्रति सम्मान गर्दै कामको संसारमा आत्मविश्वाससाथ तयारी
१४. प्राविधिक १ान, सिप, प्रवृत्ति तथा पेसागत र व्यवस्थापकीय क्षमताको विकास र प्रयोग
१५. उच्च तहमा अध्ययनको आधार विकास
१. मानवीय मूल्य, मान्यता र लोकतान्त्रिक संस्कार अवलम्बन गर्दै राष्ट्र र राष्ट्रियताको प्रवर्धनका लगिसचेत नागरिकको जिम्मेवारी वहन
२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसँग परिचित भई विविधता, सद्भाव र सहअस्तित्वलाई आत्मसात् गर्दै सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणका लागि भूमिका निर्वाह
३. दैनिक क्रियाकलापमा आत्मविश्वासका साथ उपयुक्त र सान्दर्भिक रूपमा भाषिक सिपको प्रयोग
४. प्रभावकारी सिकाइ, रचनात्मक र विश्लेषणात्मक सोच तथा सामाजिक सम्पर्क र सञ्चार अाबाद्धविचार हरूको आदान प्रदान
५. गणितीय समस्या समाधानमा ग०िातीय अवधारणा, सिद्धान्त तथा तार्किक सिपको प्रयोग
६. जीवनजगत् र व्यवहारसँगको तादात्म्य बोध गरी जीवनोपयोगी सिप ढीषभ कपष्ििकण् को प्रयोग गर्दै समाज सापेक्ष व्यवहार
७. स्वास्थ्यप्रतिको सचेततासहित वातावरण संरक्षण र संवर्धन तथा जनसङ्ख्या व्यवस्थापनमा सवक्रिय सहभागिता
८. प्राकृतिक तथा सामाजिक ३६नाको विश्लेषण, तिनको असर बोध तथा सकारात्मक व्यवहार प्रदर्शन
९. वै१ानिक खोज तथा अनुसन्धान गर्न आवश्यक प्रव्रिmयागत सिपहरू हासिल गरी आधुनिक प्रविधिहरूकोदैनिक जीवनमा प्रयोग
१०. श्रमप्रति सम्मान गर्दै कामको संसारको तयारी
११. प्राविधिक ज्ञान, सिप, प्रवृत्ति तथा पेसागत र व्यवस्थापकीय क्षमताको विकास र प्रयोग
१. मानवीय मूल्य, मान्यता र लोकतान्त्रिक संस्कार अवलम्बन गर्दै राष्ट्र र राष्ट्रियताको प्रवर्धनका लागि सचेत नागरिकको जिम्मेवारी वहन
२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसँग परिचित भई विविधता, सद्भाव र सहअस्तित्वलाई आत्मसात् गर्दै सभ्य सुसंस्कृत र समतामूलक समाज निर्मा०ाका लागि भूमिका निर्वाह
३. दैनिक क्रियाकलापका साथै प्राज्ञिक क्षेत्रमा आत्मविश्वासका साथ उपयुक्त, सिर्जनात्मक र सान्दर्भिक रूपमा भाषिक एवम् सञ्चार सिपको प्रयोग
४. व्यक्तिगत विकास र आवश्यकताको परिपूर्तिका लागि सिकाइप्रति सकारात्मक सोचको विकास तथा स्वअध्ययन एवम् १ान र सिपको खोजी गर्ने बानीको विकास
५. जीवन, जीविका र वृत्ति एवम् सामाजिक सांस्कृतिक व्यवहारसँग तादात्म्य बोध गरी जीवनोपयोगी सिपको विकास
६. स्वस्थ्य जीवनशैलीको अवलम्बन एवम् वातावरण संरक्षण र दिगो विकासका लागि भूमिका निर्वाह
७. प्राकृतिक तथा सामाजिक घटनाको विश्लेषण, तिनको कारण र असर बोध तथा सकारात्मक व्यवहार प्रदर्शन
८. श्रमप्रति सम्मान गर्दै कामको संसारमा आत्मविश्वासको साथ प्रवेश
९. प्राविधिक ज्ञान, सिप, प्रवृत्ति तथा पेसागत र व्यवस्थापकीय क्षमताको विकास र प्रयोग १०. उच्च तहमा अध्ययनको लागि विषयगत/विधागत आधार विकास
काठमाडौं । शिक्षक सेवा आयोगले रिक्त स्थायी शिक्षकका लागि विज्ञापन गर्ने अन्तिम तयारीमा रहेको जनाएको छ ।
सबै जिल्लाको रिक्त र बढुवाको एकिन विवरण शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट आयोगमा आउन वित्तिकै आयोगले विज्ञापन गर्ने आयोगका उप–सचिव एवम् सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए । ‘आयोगले विज्ञापन तत्कालै खोल्ने हो, हामीलाई के छ भने, हाम्रो कुन-कुन जिल्लामा कति सिट खालि छ, खुला तर्फको अनि बढुवा के-कति छ भने, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट आउँछ’, सूचना अधिकारी आचार्यले एस काठमाडुसँग भने, ‘केन्द्रबाट त्यो सिट संख्या हामी कहाँ आउछ अब त्यो आउने क्रममा छ, त्यो आईसकेपछि विज्ञापनको कुरा अगाडी बढछ ।’
उनका अनुसार स्थायी शिक्षकको विज्ञापन पनि तहगत गरिने बताए । आयोगले केन्द्रलाई पत्र पठाई सकेको भन्दै उनले अब जति सक्दो छिटो केन्द्र आफुहरुलाई रिक्त संख्या पठाउने बताए । ‘यो नियमित काम हो, अब उहाँहरुले पनि पठाउनु पर्ने काम हो, जहाँसम्म उहाँहरुले छिटै पठाउनु हुन्छ’, उनले भने । शिक्षक बढुवा र खुला विज्ञापन सँगसँगै गर्न सकिने पनि उनले बताए । ‘नयाँ नियमावलीले नियमावली लागु भईसकेपछि छ महिनाभित्र बढुवा गरिसक्नु पर्ने भनेको छ’, उनले भने, ‘तर यो बुढवा र खुला विज्ञापन सँगसँगै हुनसक्छ या दुई चार दिन तलमाथि पनि हुनसक्छ ।’
सूचना अधिकारी आचार्यले माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तह गरि झण्डै ७ देखि ८ हजारसम्मको संख्यामा विज्ञापन गरिने बताए । ‘अब हामीले त अनुमान नै गर्ने हो, उमेरको कारणले अवकाश हुने भनेको २ देखि ३ प्रतिशत नै हो जम्मा दरबन्दीको, अब अन्य कतिपय जिल्लामा शैक्षिक रुपमै राजिनामा दिएका हुन्छन्, ठाक्कै अहिले यति नै भन्न सकिदैँन्’, उनले भने, ‘तर हाम्रो मोटामोटी अनुमान भनेको ७ देखि ८ हजारसम्मको संख्यामा हो, तर यो तर हाम्रो एकिन र आधिकारीक तथ्याङ्ग होइन् अनुमान मात्रै नै हो ।’
साभार : यस काठमाण्डाै डट कम
2) मरूभुमी
नभएको एकमात्र महादेश कुन हो?
a ) युरोप
b ) अन्ट्राटिका c
) अफ्रिका d ) अमेरिका
3) विश्वको सबैभन्दा ठूलो नदि कुन हो ?
a ) अमेजन b ) नाइलc ) ह्वाङ्हो d ) गंगा
4 ) रारा ताललाई कहिले महेन्द्र ताल भनी नामाकरण गरिएको हो?
a ) वि.सं.२०२१ चैत्र २१ b ) वि.सं.२०२० चैत्र १३
c ) वि.सं.२०३१ चैत्र २१ d ) वि.सं.२०३१ चैत्र २५
5) क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो प्रदेश कुन हो ?
a)१ नं.प्रदेश b ) गण्डकि c ) कर्णाली प्रदेश d) ५नं.प्रदेश
6) पशुपतिनाथमा भट्ट पुजारी राख्ने चलन चलाउने राजा को हुन?
a)प्रताप मल्ल b ) यागनरेन्द्र मल्ल c ) भुपतिन्द्र मल्ल d ) यक्ष मल्ल
7) तामाङ
जातिको पुरोहितलाई के भनिन्छ?
a)
बोपो b )नाक्सो
c नासो
d बोन्पो
8 ) संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP ) प्रधान कार्यलय कहाँ रहेको छ?
a )न्युयोर्क b ) जेनेभा c)नैरोबि d)टोकियो
9 ) सार्कका महासचिव को रहेका छन ?
11) अर्थिक सर्वेक्षण २०७५/०७६ अनुसार कुल व्यापार घाटा कति छ ?
a)२५.५ प्रतिसत b) २५ प्रतिसत c) २३ प्रतिसत d) २६ प्रतिसत
10 ) अमेरिकाले किहले इरानि शैनिकलाइ अातंककारि धाेषणा गर्याे ?
a) सन २०१८ अप्रिल b) सन २०१८ अप्रिल १९
c)सन २०१९ अप्रिल ९ d) सन २०१६ अप्रिल ९
12) १ देखि २५ मेघावाट सम्मको जलविद्युत आयोजनालाई कस्ता आयोजना भनिन्छ? a लघु जलविद्युत आयोजना b) साना जलविद्युत आयोजना
c) मझौला जलविद्युत आयोजना d ) सुक्ष्म जलविद्युत आयोजना
13) आर्थिक बर्ष २०७६/०७७ को बजेटमा पुँजिगत तर्फ कति बजेट छुट्टाइएको छ?
a) ५ खर्ब १० अर्ब ५९ लाख b) ४ खर्ब ८ अर्ब ५९ लाख
c)
४ खर्ब १८ अर्ब ५९ लाख ५ खर्ब अर्ब ३८ लाख
14) भुकम्प नाप्ने एकाईलाई के भनिन्छ?
a)रेक्टोमिटर b रिक्टर
स्केल c ) सिस्मोलोजी
d ) सिस्मोग्राफ
15) नबिकरणिय उर्जा भन्नाले _______लाई
जनाउछ ?
1. सौर्य शक्ति 2. वायु शक्ति 3. जलविद्युत 4 .खनिज शक्ति
a) 1र 2 मात्र
b) 2 र 3 मात्र
c) 1,2र 3मात्र
d ) 1,2,3र 4 सबै
16) विद्यालय
शिक्षक किताबखानाको स्थापना कहिले भएको हो ?
a) वि.सं.
b) २०५६ c) २०५५ d)वि.सं.२०५४
17) शिक्षाको संकुचित
अर्थलाई तलको मध्ये कसले इंगित गर्छ?
a विद्यालयबाट तथा गुरुबाट प्राप्त ज्ञान b)जन्मदेखी मृत्युपूर्वको सबै अनुभव
c ) स्वत: प्राप्त हुने d ) निरन्तर
चलिरहने प्रक्रिया
18) शिक्षा मनोविज्ञानको उद्देश्य तलको मध्य
कुन होइन?
a) शिक्षण सम्बन्धि आधारभूत ज्ञान शिक्षकलाई प्रदान गर्नु
b) शिक्षण सिकाईका समस्यालाई निराकरण गर्न सहयोग गर्नु
c)शिक्षक को ज्ञान सीप र शिक्षण कौसलको भरपुर उपयोग गर्नु
d) विद्यार्थी केन्दृत शिक्षण गर्न
19) मानव वृद्धि र विकास सम्बन्धी सहि अवधारणा तलको मध्ये कुन हो ?
a )वृद्धि निरन्तर चलिरहने प्रक्रिया हो,विकास निश्चित समयपछि रोकिन्छ
b) वृद्धि र विकास निरन्तर चलिरहने प्रक्रिया हुन
c) वृद्धि परिमाणात्मक मात्र हुन्छ भने विकास गुणात्मक मात्र हुन्छ्
d) विकाश
परिमाणात्मक र गुणात्मक दुबै रुपमा हुन्छ भने वृद्धि परिमाणात्मक
मात्र हुन्छ?
20) उत्तर बाल्यावस्था को
उमेर तलको मध्य कुन हो?
a) ६-११/१२ b) ६-१४/१५ c)
५-११/१२ d) ५-१४/१५
21) सिकाईमा प्रभाव पार्ने
संवेगात्मत तत्व तलको मध्ये कुन होइन ?
a)
अस्वस्थता c) थकान c)बौद्धिक
स्तर d )लिंग
22) साइकल चलाउन जान्ने मानिसले मोटरसाइकल चलाउन खोज्दा ब्रेक
लागाउदा झुक्किन्छ भने यो कस्तो स्थानान्तरण हो ?
a)
सकरात्मक स्थानान्तरण b) नकरात्मक स्थानान्तरण
c) शून्य स्थानान्तरण d) पृथक स्थानान्तरण
23) सिकारु निष्क्रिय रहने सिकाई सिद्धान्त कुन
हो?
a)
सम्बन्ध प्रत्याबर्तन b) क्रियात्मक सम्बन्ध प्रत्याबर्तन
c) अन्तर्दृष्टि
d) सामाजिक सिकाइ
24) पाठ्यक्रम ,पाठ्यपुस्त
र शिक्षक निर्देशिका सम्बन्धी तलको कुन भनाई ठिक
छ?
a) पाठ्यक्रम पाठ्यपुस्तक र शिक्षक निर्देशिका एक अर्काका परिपुरक हुन।
b) पाठ्यक्रम को आधारमा पाठ्यपुस्तक र शिक्षक निर्देशिका निर्माण गरिन्छ
c) पाठ्यक्रम को आधारमा पाठ्यपुस्तक र पाठ्यपुस्तकको आधारमा शिक्षक निर्देशिका निर्माण गरिन्छ।
d)
माथिका सबै
25) एकीकृत पाठ्यक्रमको नमुना
कुन हो?
a ) कक्षा ८ को सामाजिक विषयको पाठ्यक्रम b) कक्षा ४ को विज्ञानको पाठ्यक्रम
c)
कक्षा सातको नेपाली विषयको पाठ्यक्रम d)
माथिका सबै
26) पाठ्यक्रममा प्रभाव पार्ने मुख्य तत्व कुन
हो ?
a)
समाज b)
राजनिती c)
भुगोल d)
दर्शन
27) तलको मध्ये शैक्षणिक योजना कुन होइन ?
a)
दैनिक पाठ योजना b) एकाई
योजना c)
विद्यालय सुधार योजना d)
माथिका सबै हुन
28) तलका मध्य शिक्षिक केन्द्रित शिक्षण कुन हो ?
a) आगमन विधि b) अन्वेषण विधि
c) परियोजना विधि d) छलफल विधि
29) SEE दिएको कुनै एक विद्यार्थिको चार विषयमा A+ , तीन विषयमा A र अर्को एक विषयमा B + आएको रहेछ भने उसको समग्र GPA कति हुन्छ ?
a) ३.७५ b) ३.३४ c) ३.७ d) ३.६७
30) कुनै
एक कक्षाको कुनै विद्यार्थी संधै विद्यालय उपस्थित हुन्छ र अनुसासित भै कक्षाकार्य र गृह कार्य
गर्छ तर उसको सिकाई उपलब्धी सबैभन्दा कमजोर छ , यस्तो अवस्थामा मुल्यांकनको कस्तो विधि
अपनाईन्छ?
a) आत्ममुल्यांकन b) ब्याक्तिबृत अध्ययन
c) घटनाबृत अभिलेख सहपाठी मुल्यांकन d) सिकाइ मुल्यांकन
31) पाठ्यक्रममा
पाठ्यवस्तु छनौटको आधार कुन होइन ?
a) वैधता b) निरन्तरता c) महत्त्व d) कुनै पनि होइन
32) शिक्षण
सिकाइ कार्यको लागि बसाई व्यवस्थापन सम्बन्धमा
१. छलफल विधिको लागि
उपयुक्त C आकारको बसाई
२,समूह कार्यको लागि गोलाकार बसाई
३.
प्रदर्शन विधिको लागि U आकारको बसाई
४.
तल्लो कक्षाको लागि सबैभन्दा उपयुक्त अर्धगोलाकार
a)
१ , २ र ३ मात्र ठीक b) १ र २ मात्र ठीक
c)
१ , २ र ४ मात्र ठीक d) १ र ४ मात्र ठीक
33) राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार
आधारभूत शिक्षा सम्बन्धी कानून, योजना, कार्यक्रम
तर्जुमा, कार्यान्वयन, अनुगमन,
मूल्याङ्कन
र नियमन कसको जिम्मेवारी हो?
a) संघीय सरकारको जिम्मेवारी b) प्रदेश सरकारको जिम्मेवारी
c) स्थानिय सरकारको जिम्मेवारी
d) संघीय प्रदेश सरकारको जिम्मेवारी
34) शिक्षक पेशागत तालिम कति कति भरणमा
दिइन्छ?
a)२ b) ३
c)४ d)५
35) कार्यमुलक
अनुसन्धान र साधारण अनुसन्धान कुन भनाइ ठिक छ?
a) कार्यमुलक अनुसन्धानको व्यापक क्षेत्र हुन्छ।
b)साधारण अनुसन्धानको क्षेत्र सुक्षम हुन्छ।
c)कार्यमुलक अनुसन्धान समस्यामा अधारित हुन्छ।
d)माथिका सबै
36)तलका कुनले हार्डवेयर र सफ्ट्वेय विच
ठिक अर्थमा भिन्नता देखाउछ
a) हार्ड्वेयर
अदृश्यात्मक बस्तु हो भने सफ्टवेयर प्रोग्राम मात्रै हो
b) हार्डवेयर
कार्ययन्त्र हो भने सफ्ट्वेरर कार्यप्रणाली हो
c) हार्डवेयर संचालक
हो भने सफ्टवेर प्रकृयाको संगठन हो
d) c र d दुबै
37) कुनैपनी विषयका विषयबस्तुलाई ईन्टरनेट
को प्रयोग गरि खोजेर पढ्ने पढाउने
कार्य के हो?
a) शिक्षण प्रविधिमा सुचना प्रविधी को सिकाई
b) शिक्षण सिकाईको विषयबस्तुको रुपमा सुचना प्रविधी
c) शिक्षण सिकाईमा माध्यम को रुपमा सुचना प्रविधिको प्रयोग
d) माथिका सबै
38) विद्यालयमा विद्यार्थिलाई
खाजा खाने समयको जानाकारी पालेदाईले घण्टी बजाएर दिन्छ्न यश कार्यमा
घण्टीको आवाज के हो ?
a)
संचारको माध्यम b) संचार c)
सुचना d) सुचना
प्रविधी
39) तलका मध्ये विद्यालयमा पढी प्रयोग हुन
सक्ने कम्प्युटरको सफ्ट्वेर कुन हो ?
a) एक्सल b) पावरपोइन्ट
c )फोटोसफ d ) मोवि मेकर
40) साइबर सुरक्षाको लागि अबलम्बन गर्नु
पर्ने कार्य तलको मध्ये कुन होइन ?
a) विभिन्न सामाजिक संजालमा ब्यक्तिगत कुरा प्रसारण नगर्ने
b) समय समयमा online प्रणालिका गोप्य शब्द हरु अद्याबधिक गर्ने
c) आफ्ना सबै अनलाईन प्राणलिका पासवर्ड हरु एउटै र आफुले नबिर्सने राख्ने
d)
आफुलाई जानाकारी नभएको site को
लिन्क खोल्ने सेअर गर्ने कार्य नगर्ने
41) नेपालको संविधान (२०७२) अनुसार नेपाल
सरकारको मुख्य कानुनी सल्लाहकार को हो?
a)
महान्यायाधिवक्ता b) प्रधानन्यायाधीश
c) न्यायपरिषद d)
सर्बोच्च अदालत
42) महिला शिक्षकले पाउने विदा कुन होइन ?
a)
किरिया बिदा b) सुत्केरी बिदा c)
सुत्केरी स्याहार बिदा d) a र
b दुबै
43) शिक्षा ऐनको पहिलो संशोधन कहिले भएको हो?
a) २०३३/७/४ b)२०३५/७/४ c) २०३२/३/१४ d) २०३३/३/१४
44) शिक्षक सेवा आयोगले लिने जम्मा 200
रिक्त
पदमा विज्ञापन हुँदा दलितको लागि मात्र कति सिट छुट्टाइन्छ?
a) ९ b) ८ c) ११ d)१८
45) जनताकाे जलविद्युत कार्यक्रम नामकाे
अभियानकाे शुभारम्भ कहिले भयाे ?
a)वि.स. २०७५ चैत्र २ b) वि.स. २०७५ चैत्र 1
46) यदि SUNDAY=789342 र SOUND = 71893 भए MONDAY = ?
a ) 519342 b ) 139342 c ) 819342 d ) 519432
47) तलका समुह मध्ये नमिल्दो समूह छुट्टाउनुहोस ?
a) सुन ,फलाम ,चाँदी पित्तल
b)Japan , UAE , USA, China, UK
c) वायु ,पवन , हावा , समीर
d) b &c boath
48) पसलेले रु 600 मा किनेको 10 केजि स्याउ मध्ये 20% कुहिएछ्न बाकी स्याउलाई बेच्दा पनि 20% खुद नाफा भयो भने प्रतिकेजी
कति मुल्यमा बेचेछ?
a) रू .75 b) रू .80 c)रू .90 d) रू.85
49) श्याम पुर्वतिर फर्केर
बसेको अवस्थाबाट सिधा 10 मिटर अगाडि गइ घडिको दिसातर्फ 90 डिग्री घुमेर 10 मिटर अगि जान्छ र फेरि दायाँ फर्केर पुन: 10 मिटर हिड्छ भने पहिलेको स्थानबाट कतापट्टी पुग्दछ ?
a) 10 मिटर उत्तर पुर्ब b) 10 मि उत्तर
c)10 मिटर दक्षिण d) 10 मिटर उत्तर
50) प्रदेश : मुख्यमन्त्री : : गाँउपालिका : ?
a) गाँउपालिका प्रमुख b) अद्यक्ष c) मेयर d) उपमेयर
नयाँ पाठ्यक्रमअनुसार आयोगले अब तीन चरणका परीक्षा सञ्चालन गर्ने भएको छ ।
पहिलो चरणको प्रारम्भिक परीक्षामा आयोगले लोक सेवाको जस्तै बौद्धिक परीक्षण गर्ने भएको छ । यसअघि शिक्षासम्बन्धी आधारभूत ज्ञान तथा ऐनबाट मात्र वस्तुगत प्रस्न सोध्दै आएको आयोगले अब एक सय पूर्णांकको प्रारम्भिक परीक्षामा सामान्यज्ञान, आधारभूत ज्ञान, सूचना तथा सञ्चार, बौद्धिक परीक्षणबाट प्रश्न सोध्ने भएको छ ।
काठमाडौं । शिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमतिपत्र (लाईसेन्स) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको जनाएको छ ।
आयोगले माघ अन्तिममा नतिजा सार्वजनिक गर्ने तयारी गरेको भए पनि केहि प्राविधिक समस्याका कारण अबको दुई चार दिनभित्रै नतिजा सार्वजनिक गर्ने तयारी रहेको आयोगका उप–सचिव एवम् सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए । ‘अब धेरै दिन लाग्दैन्, अहिले काम हुदैँछ, कुनै समस्या आयो भने सबै हेरेर रुजु गर्नुपर्ने हुन्छ, माघ मसान्तसभत्रै नतिजा निकाल्ने भन्ने हाम्रो योजना थियो’, सूचना अधिकारी आचार्यले एस काठमाडुसँग भने, ‘यो माघ मसान्त हिजै गइसक्यो, अब ढिलो कति पनि हुदैन्, ढिलोमा एक हप्ताभित्र नतिजा सार्वजनिक हुन्छ ।’
सूचना अधिकारी आचार्यका अनुसार सबैभन्दा पहिले माध्यामिक तहको नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ । लाईसेन्सको कापी परिक्षण सकिएको भन्दै उनले अब पहिले माध्यामिक, निम्न माध्यामिक र क्रमसः प्राथमिक तहको नतिजा सार्वजनिक गरिने बताए । ‘पहिले माध्यामिक त्यसपछि क्रमस: निम्न माध्यामिक र प्राथमिक तहको नतिजा आउछ’, उनले भने, केहि प्राविधिक समस्या नआएको खण्डमा एक हप्ताभित्रमा नतिजा सार्वजनिक हुन्छ ।’
उनले लाईसेन्सको माध्यामिक तहको कम्प्युटरमा इन्ट्रि गर्ने माग पनि अन्तिम चरण रहेको बताए । आचार्यका अनुसार ‘अहिले कम्प्युटरमा कोर्डिङ गर्ने भइरहेको छ, अब त्यसलाई रुजु गर्ने काम बाँकी हुन्छ, रुजु गरि सकेपछि नतिजा सार्वजनि गरिन्छ’, ।
काठमाडौं
। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको शिक्षा ऐनको
मस्यौदामा स्थानीय सरकारले जिम्मेवारी पुरा नगर्ने विद्यालय व्यवस्थापन
समितिका अध्यक्षलाई हटाउन सक्ने व्यवस्थाको प्रस्ताव गरिएको छ ।
शिक्षा मन्त्रालयले गोप्य रुपमा तयार पारेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।
ऐनको
मस्यौदामा स्थानीय सरकारले जिम्मेवारी पुरा नगर्ने विद्यालय व्यवस्थापन
समितिका अध्यक्षलाई हटाउन सक्ने र अर्को अध्यक्ष मनोनित गर्न सक्ने
व्यवस्थाको प्रस्ताव गरिएको छ ।
मस्यौदाको परिच्छेद ३ को दफा २२ को
उपदफा १ मा कुनै विद्यालयको विव्यस अध्यक्षले तोकिएको जिम्मेवारी पुरा
गर्न नसकेमा वा यस ऐन विपरित कार्य गरेमा वा खराब आचारण प्रदर्शन गरेमा
सोको कारण खुलाई स्थानीय तहले छानवीन गरी त्यस्तो अध्यक्षलाई पदबाट हटाउन
सक्ने प्रस्ताव गरिएको छ ।
साथै, उपदफा २ मा उक्त रिक्त पदमा बाँकी
अवधिका लागि अर्को व्यक्तिलाई यस ऐनमा तोकिएको प्रक्रियाबाट छनोट वा
मनोनित गर्न सक्ने उल्लेख छ ।
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged. It was popularised in the 1960s with the release of Letraset sheets containing Lorem Ipsum passages, and more recently with desktop publishing software like Aldus PageMaker including versions of Lorem Ipsum.