माध्यमिक लाइसेन्समा जम्मा १५.३ प्रतिशत मात्र पास शिक्षा संकायकाे जनशक्ति कमजाेर रहेकाेले अन्य संकायकाे विद्यार्थीले पनि लाइसेन्समा प्रवेश पाउनुपर्ने आवाज
- admin
Deprecated: Function get_magic_quotes_gpc() is deprecated in /home1/hamroeclass/public_html/wp-includes/formatting.php on line 2720
काठमाडौं । शिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाफल सार्वजनिक गर्नेक्रम जारी रहेको छ ।
आयोगले गत मंगलबार साझदेखि लाइसेन्सको परीक्षाफल प्रकाशन शुरू गरेको हो । आयोगले हालसम्म माध्यामिक तहको १३ वटा विषयको नतिजा सार्वजनिक गरिसकेको छ । उक्त १३ वटा विषयको नतिजालाई हेर्दा शिक्षक लाइसेन्सको नतिजा खस्किदै गएको देखिन्छ । आयोगले ईलेक्ट्रिकल इञ्जिनीयरिङ, सिभिल इञ्जिनीयरिङ, पशु विज्ञान, बाली विज्ञान, कानून, कम्प्युटर ईञ्जिनीयरिङ, कम्प्युटर विज्ञान , कार्यालय संञ्चालन तथा लेखा विज्ञान नेपाली, गणित सकमाजिक विषयको नतिजा प्रकाशन गरेको गरिकेको छ भने ।
यी १३ वटा विषयको ४४१९१ दिएका थिए । जसमा ६७७६मात्रै पास भएका छन् । १३ वटा विषको नतिजा हेर्दा समग्रमा लाइसेन्स परिक्षामा जम्मा १५.३ प्रतिशत परिक्षार्थीहरु मात्रै उत्तीर्ण भएका छन् । पास भएकाहरूले सम्बन्धित प्रदेशस्थित शिक्षा विकास निर्देशनालयमार्फत अध्यापन अनुपति पत्र प्राप्त गर्नेछन् ।
प्रकाशित भएको नतिजा अनुसार परीक्षार्थीको अवस्था निकै कमजोर देखिएको छ । वस्तुगततर्फ राम्रै देखिए पनि लिखितमा एकदम कमजोर रहेको आयोग स्रोतको भनाइ रहेको छ । यसैकारण शिक्षा संकायकाे जनशक्ति कमजाेर रहेकाेले अन्य संकायकाे विद्यार्थीले पनि लाइसेन्समा प्रवेश पाउनुपर्ने आवाज उठ्न थालेकाे भएता पनि नतिजा कमजाेर आउनुमा विद्यर्थीकाे मात्र कमजाेरी नभइ आयाेगले हचुवामा निकालेकाे पाठ्यक्रम तथा नेगेटिभ मार्क काे कारण ५० अंकले समेतले पास हुन नसक्ने व्यवस्था समेत मूख्य कारण कारणकाे रूपमा लिन सकिन्छ । केहि दिन अगाडी प्रकाशित सामान्य परिक्षाकाे पाठ्यक्रम पनि व्यवहारिक भन्दापनि प्रतिशपर्धीलाइ पाखा लगाइने खालकाे भएकाेले आयाेगले लिने शिक्षककाे परिक्षा याे भन्दा अझ कमजाेर नतिजा आउने निश्चित छ । गाणित ,नेपाली र अंग्रेजीकाे पाठ्यक्रम हेर्दा विषयगत पाठ्यक्रम भने व्यवहारिक रूपमा राम्राे रहेकाे विज्ञहरू बताउँछन ।