शिक्षक सेवा आयोग छिटै विज्ञापन खोल्ने तयारीमा
- admin
Deprecated: Function get_magic_quotes_gpc() is deprecated in /home1/hamroeclass/public_html/wp-includes/formatting.php on line 2720
केन्द्रमा आएको विवरण मध्ये बढुवा पद पुर्तिको विवरण शिक्षक सेवा आयोगमा गईसकेको र खुल्ला पदपूर्तिका लागि १÷२ दिनमा शिक्षक सेवा आयोग जाने शिक्षक तथा मानव स्रोत विकास केन्द्रका निर्देशक वसन्त प्रसाद कोईरालाले जानकारी दिए ।
बढुवा पद र खुला तर्फ गरेर करीब करीब १३ हजारको संख्यामा रिक्त दरबन्दि विवरण आएको उनले बताए । त्यस मध्ये करिब करिब १ हजार भन्दा बढी बढुवा पद रहेको र बाँकी संख्या खुलातर्फ रहेको निर्देशक कोइरालाले जानकारी दिए ।
त्यसैगरी, शिक्षक सेवा आयोगको अध्यक्ष लगायतका पदाधिकारी मन्त्रिपरिषद्बाट सिफारीस भएर आएपछि उहाँहरुको निर्देशन अनुसार शिक्षक सेवा आयोगले विज्ञापन खोल्ने तयारीमा रहेको शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।
मरहठ्ठाले प्रशासनिक रुपमा सचिवालय टिम शिक्षक सेवा आयोगको पदपूर्ति विज्ञापन गर्न तयारी अवस्थामा रहेको बताए । त्यसमध्ये रिक्त दरबन्दी विवरण र शिक्षक सेवा आयोगले तयार गरेको पाठ्यक्रहरुसँग मिलेको दरबन्दीको छिट्टै खुल्ने सम्भावना रहेको र रिक्त दरबन्दी विवरण अनुसार शिक्षक सेवा आयोगले तयार पारेको पाठ्यक्रमसँग नमिलेको दरबन्दीको केही समय लाग्ने उनले जानकारी दिएका छन्